काठमाडौं । सर्वोच्च अदालतलले माओवादी केन्द्रका उपाध्यक्ष एवं पुर्वसभामुख अग्नि सापकोटा माथि व्यक्ति हत्या मुद्धामा अनुसन्धान अघि बढाउन आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दामा उत्प्रेषणा जारी गरेको हो । उनीमाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप छ । अब सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको सर्वोच्चले जनाएको छ ।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए।
सापकोटामाथि २०६२ सालमा तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ। अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेला परेको थियो।