काभ्रेमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाईते
काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका जाँदै गरेको बस दुर्घट्ना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पनौतीबाट यात्रु लिएर जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस भुग्देउ पुग्दा दुर्घट्ना भएको हो ।
प्रहरीका अनुसार ६० वर्षीय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेमध्ये बसका चालकको खुट्टामा चोट लागेको छ । कृष्णकुमारीसँगै गएकी एक वर्षीय नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ ।
त्यस्तै, कृष्णकुमारीकी बुहारी संगीता आचार्य तिमल्सिना पनि सोही बसमा सवार थिइन् । उनको गोडामा चोट लागेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ १९:०१
प्रतिक्रिया दिनुहोस्