Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा बोलेरो दुर्घट्ना हुँदा दुई महिलाको मृत्यु

चरिकोट । दोलखामा बोलेरो दुर्घट्नामा परी दुई जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर ४ डेपुङ निवासी अन्दाजी ३२ बर्षिय डोल्मा शेर्पा र सोही स्थानकी अन्दाजी ४५ वर्षिय फुलमाया शेर्पा रहेकी छन् ।

सिंगटीबाट झ्याँकुतर्फ जाँदै गरेको बा १६ च ७६५१ नम्बरको बोलेरो दुर्घट्ना हुँदा गम्भीर घाईते उनीहरुलाई उपचारका लागि सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पताल ल्याईएकोको थियो । डोल्माको गएराती नै मृत्यु भएको हो भने फुलमायाको आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै मृतकको शव चरिकोट स्थित शवगृहमा राखिएको छ । दुर्घट्नामा घाईते भएकी ७४ वर्षिय छिरी शेर्पाको सिंगटी स्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । घट्नाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update