पहिरोका कारण अरनिको राजमार्ग अबरुद्ध
काठमाडौं । वर्षासँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, दशकिलोमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।
शनिबार (साउन १०) दिउँसो करिब १ बजेर ३५ मिनेटमा उक्त स्थानमा लेदोसहितको पहिरो झरेको थियो । प्रहरीका अनुसार पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वर्षासँगै सडकमाथिबाट पहिरो खसेको हो । पहिरो पन्छाएर सडक खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०८२ १५:४७
प्रतिक्रिया दिनुहोस्