रोपाईमा करेन्ट लागेर मेलुङ गाउँपालिकामा युवकको मृत्यु

चरिकोट — दोलखा मेलुङ गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षिय सुवास कार्की रहेका छन् । उनको खेतमा रोपाईका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।
करेन्ट लागेपछि उपचारका लागि गम्भिर अवस्थामा किर्नेटार अस्पताल पुर्याईएपछि उनको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित शवगृहमा राखिएको छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७ १७:१४
प्रतिक्रिया दिनुहोस्