दोलखाको सुरी हाईड्रो पावरमा कार्यरत युवकको क्रेनबाट खसेर मृत्यु
                        
                        
                                                
                                             
                                                                    चरिकोट — दालखाको गौरीशंकर गाउँपालिका स्थित एक हाईड्रो पावरमा कार्यरत एक युवकको क्रेनबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका ६ का ३१ वर्षिय महेश केसि रहेका छन् ।
हाईडोपावरको भवनभित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुडिन गई तल खसेर मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । क्रेनको डब्बासहित करिब ३५ फिट माथिबाट खसेका उनको घट्नास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रेशम वोहराले जानकारी दिए । केसीको टाउकोसहित शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ ।
गौरीशंकर गाउँपालिका ५ गुरुम्फी स्थित सुरी हाईडो पावर शुक्रवार साँझ उक्त घट्ना भएको हो । घट्नास्थल पुगी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०९:११
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    





 
                                                 
 
                     
                     
                     
                     


 
                    