प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार गर्न आएका ५ जनालाई कोरोना पुष्टि
                        
                        
                                                
                                             
                                                                    चरिकोट - दोलखामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा यही असोज २८ गते ९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
जसमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरु सबै प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारका लागि भर्ना भएका विरामी हुन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १०:५४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
 
                     
                     
                     
                     


 
                    