दोलखामा कोरोना संक्रमण दर बढ्दै, ६ जना नयाँ संक्रमित थपिए
                        
                        
                                                
                                             
                                                                    चरिकोट – दोलखामा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ५ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटबाट गत असोज २९ गते १३ जनाको स्वाब संकलन गरी पठाईएको थियो । जसमा ६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
लकडाउन खुल्ला भएसँगै जिल्ला बाहिरबाट नागरिक आउने क्रम तिब्र भएपछि जिल्लामा संक्रमितको संख्या बढ्न थालेको छ । जिल्लामा हालसम्म ६६ जनामा संक्रमण पुष्टि भएकोमा सक्रिय संक्रमितको संख्या १६ रहेको छ । अन्य निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १९:५३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
 
                     
                     
                     
                     


 
                    