दोलखा घर भएका कोरोना संक्रमित युवकको मृत्यु
                        
                        
                                                
                                             
                                                                    चरिकोट — दोलखा जिल्ला घर भएका कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षिय युवक रहेका छन् । जिल्ला बाहिर मृत्यु भएकाले उनको बिस्तृत ठेगाना खुल्न सकेको छैन ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
मधुमेहका बिरामी उनलाई पछिल्लो समय एक्कासी फोक्सोमा समस्या देखिएको थियो । योसँगै दोलखा जिल्ला घर भई मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  २२:१३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
 
                     
                     
                     
                     


 
                    