डा. पोखरेल मानव अधिकार आयोगको प्रवक्ता
                        
                        
                                                
                                             
                                                                    -नविन कुमार खतिवडा
काठमाण्डौं - दोलखा घर भएका डा. टिकाराम पोखरेल राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्तामा नियुक्त भएका छन् । आयोगले सह—सचिव पोखरेललाई हालै प्रवक्ताको जिम्मेवारीमा नियुक्त गरेको हो ।
पोखरेल दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बावरेका स्थायी बासिन्दा हुन् । आयोगका सचिव वेदप्रसाद भट्टराईले पोखरेललाई सुशासन –व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ३५ बमोजिम प्रवक्ता तोकिएको जानकारी दिए ।
यसअघि आयोगको प्रवक्ताको जिम्मेवारी गौरी प्रधानले सम्हाल्दै आएका थिए । यसैगरी आयोगले सहायक प्रवक्तामा उपसचिव वुद्धनारायण सहनी केवट, सूचना अधिकारीमा उप सचिव सोमनाथ सवेदी र सहायक सूचना अधिकारीमा मानव अधिकार अधिकृत दुर्गा पोखरेललाई तोकेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १६:१७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
 
                     
                     
                     
                     


 
                    