दोलखामा एकैदिन २९ जनामा कोरोना संक्रमण पुष्टि
                        
                        
                                                
                                             
                                                                    चरिकोट — दोलखामा आज एकैदिन २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयक अनुसार यही कात्तिक २१, २२ र २३ गते स्वाब संकलन गरी पाठाईएका मध्ये २९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
मेलुंग गाउँपालिकाबाट २१ गते पठाईएको ३२ जनामध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा ११ पुरुष र १ जना महिला रहेका छन् । यसैगरी कात्तिक २२ गते दोलखा अस्पतालबाट पठाईएको २९ मध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा ७ जना पुरुष र ५ जना महिला रहेका छन् । दोलखा अस्पतालबाटै २३ गते पठाईएको ११ जनाको स्वाबमध्ये ४ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
जसमा १ जना पुरुष र ३ जना महिला रहेका छन् । यसअघि जिरी अस्पतालबाट २१ गते पठाईएको ४ जना मध्ये १ जना पुरुषको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १६:२७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
 
                     
                     
                     
                     


 
                    