दोलखामा कोरोना संक्रमण दर तिब्र, सोमवार थप १० जनामा संक्रमण पुष्टि
                        
                        
                                                
                                             
                                                                    चरिकोट - दोलखामा आईतवार थप १० जनामा कोरोना संक्रमण देखिएको छ । यही कात्तिक २२ गते भीमेश्वर नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वाब संकलन गरी पठाईएका मध्ये १० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
पीएचसीबाट २३ जनाको स्वाब पीसीआर परीक्षणका लागि धुलिखेल अस्पताल पठाईएको थियो । कोरोना संक्रमण पुष्टि हुनेमा ४ जना पुरुष र ६ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दोलखामा शनिवार मात्रै २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय दोलखामा लगातार संक्रमण दर उच्च बन्दै गएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १७:३०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
 
                     
                     
                     
                     


 
                    