दोलखामा थप ८ जनालाई कोरोना संक्रमण
                        
                        
                                                
                                             
                                                                    चरिकोट — दोलखामा मंगलवार थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट २८ जनाको स्वाब संकलन गरी धुलिखेल अस्पताल पठाईएकोमा ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
जसमा ४ जना पुरुष र ४ जना महिला रहेका छन् । जसमा शैलुङ गाउँपालिकाका २ जना पुरुष र २ जना महिला रहेका छन् । दुई जना बैंकका कर्मचारी र अन्य स्थानीयलाई कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लाका कोरोना संक्रमित हुनेको संख्या २ सय १८ पुगेको छ । जसमध्ये १ सय २० जना निको भएका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १६:४०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
 
                     
                     
                     
                     


 
                    