कालिञ्चोक गाउँपालिकामा भालुको आक्रमणबाट एक पुरुष गम्भिर घाईते
                        
                        
                                                
                                             
                                                                    चरिकोट - दोलखा कालिञ्चोक गाउँपालिकामा भालुको आक्रमणबाट एक जना पुरुष गम्भिर घाईते भएका छन् । घाईते हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का ६० वर्षिय टहल बहादुर थामी रहेका छन् ।
घरदेखि करिव ५ किलोमिटरको दुरीमा रहेको कडेन सामुदायिक वनमा घाँस काट्न जाने क्रममा उनलाई भालुले आक्रमण गरी घाईते बनाएको हो । उनको दाँया खट्टा, छाती र अनुहानमा चोट लागेको छ ।
घाईतेलाई दोलखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक, सूचना अधिकारी रुक्सा बज्रचार्यले जानकारी दिईन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १२:२७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
 
                     
                     
                     
                     


 
                    