Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाण्डौं–गायक रमण थामीको नयाँ गीत सार्वजानिक भएको छ । कस्तो दिनमा माया बसेछ, वोलको गीत शनिवार उनकै यूट्युव च्यानलमार्फत रिलिज गरिएको हो । उनको स्वरमा सजिएको गीतमा आफैले संगित भरेका छन् ।

उक्त गीतको शब्दसिर्जना रोशन दाहालको रहेको छ भने एरेन्ज र मिक्सिङ सुन्दर लामाले गरेका छन् । 

त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीले मायाप्रेममा हुने धोकालाई व्यक्त गर्न खोजेको छ । गायकको अन्य दर्जनौं लोकप्रिय गीतहरु बजारमा आईसकेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ०४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update