Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सुन्दर पर्यटकिय नगरी चरिकोटलाई कुरुप बनाउने तस्बिर

चरिकोट — दोलखा सदरमुकाम चरिकोट वर्षेनी लाखौं आन्तरिक तथा वाह्यक पर्यटकलाई स्वागत गर्ने सुन्दर पर्यटकिय नगरी हो । प्रसिद्ध कालिञ्चोक, भीमेश्वर मन्दिर, शैलुङ, जिरी, रोल्वालिङ लगायतका पर्यटकिय क्षेत्र भ्रमण गर्ने प्रायः सबै पर्यटकहरु सदरमुकाम चरिकोट बास बस्ने गर्दछन् ।

तर पर्यटकलाई स्वागत गर्ने जिल्लाको मुटु मानिने सदरमुकाम र त्यसमा पनि सातदोवाटो बजार नजिकैको क्षेत्र भने यति कुरुप छ की चरिकोटकै सुन्दरतालाई गिज्याईरहेको देखिन्छ । प्रत्येक पर्यटकको प्रत्यक्ष नजर पर्ने कृषि बजार देखि जिल्ला आयुर्बेद कार्यालयसम्मको क्षेत्र फोहोरको डंगुरले निकै प्रदुषित बनेको छ ।

मुख्य बजारको तल्लो साईडमा रहेका होटल तथा घरहरुबाट दैनिक निस्कने फोहोर र ढलको डम्पिङ साईटमा परिणत भएपनि व्यवस्थापन तर्फ नगरपालिकाको ध्यान गएको छैन । ढल, फोहोरका कारण वातावरण दुुर्गन्धित, प्रदुषित त बनेको छ नै, शहरको सुन्दरता समेत बिगारेको छ ।

कालिञ्चोक मावि, चरिकोट क्याम्पस, पत्रकार महासंघ, गौरीशंकर पुस्तकालय, जिल्ला हुलाक कार्यालय, जिल्ला आयुर्बेद जस्ता महत्वपुर्ण कार्यालय जाने क्रममा दिनहुँ नाक बन्द गर्नुपर्ने र कुरुप दृष्य हेर्नुपर्ने अवस्था छ ।

सदरमुकाम चरिकोट र आसपासको रिङरोड क्षेत्रमा सडक पिच गरिएपछि फेरिदै गएको शहरको मुहार उक्त फोहोर र प्रदुषणका कारण बिग्रिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update