Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना संक्रमित दोलखा विगुका एक बृद्धको धुलिखेल अस्पतालमा मृत्यु

चरिकोट — काभ्रेपलाञ्चोक स्थित धुलिखेल अस्पतालमा मृत्यु भएका दोलखाका एक वृद्धमा कोरोना पोजेटिभ देखिएको छ । विगु गाउँपालिका घर भएका ६२ वर्षिय बृद्धको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना भाईरससँग मिल्दोजुल्दो लक्षण देखिएकाले उनको स्वाब परीक्षण गरिएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले पुष्टि गरेको छ । ती बृद्धमा निमोनिया, ज्वरो लगायतका लक्षण देखिएको थियो ।

कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने जोखिम बढेका बेला ती बृद्धको बिहिवार दिउँसो मृत्यु भएको हो । उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि केही दिन अघि अस्पताल भर्ना गरिएको थियो । मृतकको शवलाई नेपाली सेनाले अत्येष्टि गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update