Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पत्रकार महासंघ ओखलढुंगामा शेर्पा नेतृत्वको नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

ओखलढुंगा - नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको नवनिर्वाचित लाक्पा जी शेर्पा नेतृत्वको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छ । ओखलढुंगा शाखाको कुल ४७ मतमध्ये २७ मत ल्याएर शेर्पा अध्यक्षमा निर्वाचित भएका थिए ।

बुधवार सम्पन्न निर्वाचनमा विजयी भएसँगै शेर्पा नेतृत्वको नयाँ निर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको हो । शेर्पाका निकटतम प्रतिद्धन्दी शिव प्रसाद ढुंगाना थिए । उनले २० मत प्राप्त गरे ।

नवनिर्वाचित कार्यसमितिका उपाध्यक्ष रविन श्रेष्ठ, महिला उपाध्यक्ष विनुमाया राई, सचिव पूर्णप्रसाद न्यौपाने, सहसचिव आङबाबु शेर्पा, समावेशी सहसचिव मिनाकुमारी श्रेष्ठ, कोषाध्यक्षमा कुलबहादुर तामाङले जिम्मेवारी सम्हालेका छन् । यस्तै सदस्यहरुमा शारदा राई, शेरबहादुर जेरो, सरस्वती बानिया र नविन धमला छन् । जिल्लाका ५० सदस्यहरुमध्ये ४७ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए ।

यसैबीच अधिवेशनबाट केन्द्रीय परिषद् सदस्यमा जुद्धबहादुर ढाक्रे, कुम्भराज राई, प्रदेश परिषद सदस्यमा युवराज गजमेर, इमा तामाङ र जीवन शर्मा निर्विरोध निर्वाचित भएका छन् । ओखलढुंगामा जसपा निकट प्रेस मञ्च नेपाल र एमाले निकट प्रेस चौतारीबीच गठवन्धन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update