
काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेसनबाट अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । पहिलोपटक भएको प्रत्यक्ष निर्वाचनबाट पोखरेल नेतृत्वको प्यानल विजयी भएको हो ।
केही जिल्लाको मतपरिणाम आउन बाँकी रहेपनि ठुलो मतान्तरले पोखरेल नेतृत्वको प्यानल ठुलो मतान्तरले विजयी हुने निश्चित भएको हो । निर्वाचन समितिले औपचारिक रुपमा विजयी घोषणा गर्न भने बाँकी छ ।
फराकिलो मतान्तरका कारण जीत निश्चित भएकाले शुभेच्छुकहरुले पोखरेललाई विजयी घोषणा गर्दै खुशियाली मनाएका छन् । केन्द्रीय समितिमा तीनजना केन्द्रीय सदस्य बाहेक सबै जना पोखरेलकै प्यानलकै विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा रमेश विष्ट र महासचिवमा रोशन पुरी विजयी भएका छन् ।
प्रेस युनियनको नेतृत्वमा प्रेस संगठन र प्रेस चौतारी (माधव नेपाल समूह) सहितका ११ संगठन मिलेर चुनाव लडेका थिए । मत परिणामको औपचारिक घोषणा भने साँझ गर्ने बताईएको छ ।