Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकको सुकुटेमा सवारी दुर्घट्ना हुँदा एक जनाको मृत्यु, केही घाईते

चौतारा - सिन्धुपाल्चोकको सुकुटेमा सवारी दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठ रहेका छन् । उनको उपचारका लागि लैजाने क्रममा खाडीचौर पुग्दा मृत्यु भएको हो ।

दुर्घट्नामा गम्भिर घाईते भएका सोम बहादुर श्रेष्ठको ह्याम्स अस्प्तालमा उपचार भैरहेको छ । घाईते एकजना नावालकको पनि उपचार भैरहेको छ ।

अरनिको यातायातको वा ३ ख ९६५८ नम्बरको बस र मोटरसाईकल ठोक्किएर दुर्घट्ना भएको प्रहरीले जनाएको छ । घट्नाको विस्तृत विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update