
चरिकोट–दोलखाको कालिञ्चोक गाउँपालिकाले व्यक्तिगत घट्ना दर्तादेखि परिचयपत्र वितरणसम्मको काम गाउँगाउँमै पुगेर गर्ने भएको छ । सेवाग्राहीको सुविधालाई मध्येनजर गर्दै गाउँपालिकाले १६ दिनसम्म घुम्ति शिविर संचालन गर्ने भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले सार्वजानिक सूचना मार्फत वैशाख १ गतेदेखि संचालन हुने शिविरमा सहभागि भएर सेवा लिन सबैलाई आव्हान गरेका छन् । घुम्ति शिविर अभियानका क्रममा व्यक्तिगत घट्ना दर्ता, सामाजिक सुरक्षा आवेदन संकलन, अपांगत परिचयपत्र र जेष्ठ नागरिक परिचय पत्र वितरण गरिनेछ ।
प्रमुख प्रशासकिय अधिकृत ओलीका अनुसार बैशाख १ गतेदेखि सुरु हुने घुम्ति शिविर १६ गतेसम्म संचालन हुनेछ । घुम्ति शिविरका लागि जनप्रतिनिधि र कर्मचारी सहितको टोली गाउँगाउँ पुग्नेछ ।
जस अनुसार वैशाख २ गते वडा नम्बर १ को बालोदय मावि कालिञ्चोक, दिव्यश्वर आधारभुत विद्यालय, क्याम्पोल र १ नम्बर वडा कार्यालय, ३ गते २ नम्बर वडाको निकोभूमे मावि, महादेवश्वरी प्रावि र वडा कार्यालय, ५ गते वडा नम्बर ३ स्थित भगवती मावि, महादेवश्वरी प्रावि भिरमुनी र वडा कार्यालय, ६ गते जनकल्याण प्रावि बञ्चरे, तेतिसकोटी आधारभुत विद्यालय बाघखोर र वडा कार्यालयमा शिविर संचालन हुनेछ ।
यस्तै ७ गते वडा नम्बर ५ स्थित भगवती आधारभुत विद्यालय, देउराली प्रावि र वडा कार्यालय, ८ गते वडा नम्वर ६ स्थित वलम्वु आधारभुत विद्यालय, जनज्याती मावि र वडा कार्यालय, ९ गते जनता आधारभुत विद्यालय तोरीखेत, मजुवा प्रावि, सामुदायिक स्वास्थ्य ईकाई भदौरे, १० गते देवीस्थान आधारभुत विद्यालय मलेपु, ताम्राकौशिका आधारभुत विद्यालय र ८ नम्वर वडा कार्यालय, ११ गते वडा नम्बर ९ स्थित गुँरासे प्रावि, चण्डिदेवी प्रावि र वडा कार्यालयमा शिविर संचालन हुनेछ । कालिञ्चोक गाउँपालिकाले यसअघि पनि परिचयपत्र वितरण, योजना सम्झौता, विकास शिविरहरु गाउँगाउँमै संचालन गर्दै आएको छ ।