Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यी हुन् लादुकमा भएको सवारी दुर्घट्नाका मृतक र घाईते (नामावलीसहित)

चरिकोट - दोलखाको विगु गाउँपालिकामा गएराती भएको सवारी दुर्घटनामा परी घाईते भएकाहरुको नामावली प्राप्त भएको छ । दुर्घट्नामा वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्कासहित १८ जना घाईते भएका छन् । विगु ३ बुलुङका ५५ वर्षिय चेत विक्रम खड्का, ६० वर्षीय चन्द्रकुमारी खड्का, १९ वर्षीय लक्ष्मी बढाथोकी, ४० वर्षीय लक्ष्मी बुढाथोकी, २९ वर्षीय सुस्मिता श्रेष्ठ रहेका छन्।

यसैगरी विगु ४ लादुकका ४० वर्षीय तुलकुमारी श्रेष्ठ, ५७ वर्षीय प्रितमदेवि कार्की, कविता खड्का, तुलकुमारी श्रेष्ठ, ११ वर्षीय शेर बहादुर श्रेष्ठ, २७ वर्षीय सविना खड्का, तीर्था कुमारी खड्का र कान्छी माया श्रेष्ठ घाइते भएका छन् । सिंगटीका १० महिने बालक केदार वली र बिगु गाउँपालिकाकै किशोर खड्का, उर्मिला खड्का र सलोम खड्का दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी, रोल्वालीङ अस्पताल सिंगटी, दोलखा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ।

विगु गाउँपालिका वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३-०१-२३ च ७५८० नम्बरको गाडी गएराती १० बजे दुर्घटना भएको थियो । दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्युु भएको छ ।

उक्त गाडी सिन्धुपाल्चोकको तातोपानीमा नुहाएर सिमित यात्रु लिएर फर्किएको थियो । सिंगटीबाट घर फर्किने यात्रुहरु बढेको बताईएको छ । सिंगल क्याविन भएको सामान ढुवानी गर्ने गाडीमा यात्रा गरेकाले बढि मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि गएराती नै चरिकोट स्थित चरिकोट अस्पतालमा ल्याईएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update