Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सरकार जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम छ : मन्त्री गुरुङ

काठमाडौं - सूचना तथा संचार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले मुलुकको राजनीतिलाई अन्योल र दिशाविहिनतातर्फ धेकेल्ने प्रयास भैरहेको उल्लेख गर्दै सरकारले त्यसको डटेर सामना गर्ने बताए ।

वर्तमान सरकारले जनताको हितमा गरेको असाधारण कामबाट अत्तालिएका शक्तिहरुले बिभिन्न बाधा व्यवधान खडा गरेपनि प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियान सफलतापुर्वक अघि बढिरहेको उनको भनाई छ । केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म विकास निर्माणका काम तीव्र गतीमा भइरहेको भन्दै मन्त्री गुरुङले भ्रम सिर्जना गरेर भएका काम ओझेलमा पार्ने प्रयास भैरहेको बताए ।

उनले ज्येष्ठ नागरिकको सम्मानमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उनले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको विशेष ख्याल गरिने जानकारी पनि दिए । ज्कार्यक्रममा मन्त्री गुरुङ, नगरप्रमुख चिरीबावु महर्जन र वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update