राष्ट्रपति भण्डारीद्धारा संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं - राष्ट्रपति भण्डारीले संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । सरकारको सिफारिसमा भण्डारीले आज अपरान्ह १ बजेबाट संसद अधिवेशन अन्त्य भएको सूचना जारी गरेकी हुन् ।
सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो । एक मन्त्रीका अनुसार बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
यसबीचमा संसदले प्रभावकारी काम गर्न नसकेको टिप्पणी हुन थालेको थियो । जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले संसदको बर्खे अधिवेशन बोलाउनुपर्नेछ । सरकारको नीति तथा कार्यक्रम समेत पेश हुने भएकाले वर्खे अधिवेशन छिट्टै आव्हान गर्ने सरकारको तयारी छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ १०:०२
प्रतिक्रिया दिनुहोस्