Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेस दोलखाका पुर्व सभापति न्यौपानेको रुखले किचेर मृत्यु

चरिकोट - नेपाली कांग्रेस दोलखाका पुर्व सभापति देवी प्रसाद न्यौपाने रुखले किचेर मृत्यु भएको छ । तामाकोशी गाउँपालिका जफे निवासी न्यौपानेको आफ्नै घर नजिकै रुखले किचेर मृत्यु भएको हो ।

रुख काट्ने क्रममा उनको घट्ना स्थलमै मृत्यु भएको हो । पुराना नेता न्यौपाने कांग्रेस महासमिति सदस्य समेत भैसकेका छन् । घट्नास्थलबाट विस्तृत विबरण संकलन भैरहेको दोलखा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update