Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अत्यन्त जरुरी सूचना !

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अत्यन्त जरुरी सूचना !

दोलखाको विगु गाउँपालिका १¸ लामावगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको छ । यहि आगामी २०७८ वैशाख ८ गते बुधवारदेखि जलाशयमा पानी भर्ने तथा बैशाख १२ गते आइतबारदेखि मुख्य सुरुङको परिक्षणको लागि पानी पठाउने कार्यक्रम रहेकोले सो परीक्षणको क्रममा माथिल्लो तामाकोशीको बाँधमा तामाकोशी नदीको पानी रोक्ने र छोड्ने कार्यहरू गरिरहनु पर्ने र कुनै बेला एकैपटक धेरै मात्रामा पनि पानी छोड्नुपर्ने भई बाँधदेखि तल्लो तटीय क्षेत्रअन्तर्गत तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले, सिंगटी बजारसम्म तामाकोशी नदीमा पानीको सतह घटबढ भइरहने र सिंगटी बजारभन्दा तल्लो तटीय क्षेत्रमा तामाकोशी नदीको पानीको सतहमा सामान्य रुपमा घटबढ हुनसक्ने भएकोले उपर्युक्त अवधिमा तामाकोशी नदीमा माछा मार्ने¸ नुहाउने¸ पौडी खेल्ने, लुगा धुने, ढुङ्गा बालुवा झिक्ने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरु नगर्नरनगराउन हुन सर्वसाधारण सबैमा यो सूचना जारी गरिएको छ ।

यस सम्बन्धी सूचना तामाकोशी-सुनकोशी दोभानसम्म तामाकोशी नदीले छुने सबै गाउँपालिकारनगरपालिका कार्यालयहरू तथा दोलखा र रामेछाप जिल्लाहरूको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयहरूलाई पठाइसकिएको छ । यदि उक्त सूचना प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक सूचना मानी आवश्यक सहयोग र समन्वय गरिदिन हुन समेत अनुरोध गर्दछौं । यस सूचनाको अवज्ञा गरी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, ढुङ्गा बालुवा झिक्ने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरू गरी कुनै दुर्घटना हुन गएमा आयोजना जिम्मेवार नहुने समेत यसै सूचनाबाट जानकारी गराउँछौं ।

उपर्युक्त परीक्षण अवधिमा र सो अघि कुनै सूचना लिनुपर्ने भएमा यस आयोजनाको निम्न फोन नम्बरहरुमा सम्पर्क गरी आवश्यक सूचना प्राप्त गर्न सकिनेछ : ०४९४१३००३¸ ०४९४१३००५ तथा ९९४४९०००४,

पुनश्च : कुनै प्राविधिक कारणले गर्दा उपर्युक्त परीक्षण कार्यको समयावधि केही समय थप पनि हुनसक्नेछ र सोको जानकारी दोलखा जिल्लाका एफ.एम. हरुबाट पूर्वसूचना दिइने समेत अनुरोध छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गोंगर, दोलखा ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update