Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका नेताहरुलाई एमाले केन्द्रको महत्वपुर्ण विभागिय जिम्मेवारी

चरिकोट - दोलखा जिल्लाबाट नेकपा एमालेको केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने नेताहरुले महत्वुर्ण जिम्मेवारी पाएका छन् । शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले दोलखाका नेताहरु पार्वत गुरुङ, आनन्द प्रसाद पोखरेल, ईश्वरी रिजालसहितको नेताहरुले महत्वपुर्ण विभागिय जिम्मेवारी दिएको हो ।

सरकारका प्रवक्ता, संचार तथा सूचना प्रविधि मन्त्री समेत रहेका नेता गुरुङलाई नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन एवं सम्बद्ध संगठनहरुको जिम्मेवारी तोकिएको छ । उनले दोलखा पार्टी ईन्चार्ज र गाउँपालिका महासंघको ईञ्चार्जको जिम्मेवारी समेत पाएका छन् ।

यसैगरी पुर्व मन्त्री र वाग्मती पार्टी संगठन कमिटीका अध्यक्ष रहेका नेता आनन्द प्रसाद पोखरेललाई केन्द्रीय सदस्य र रसुवा जिल्ला ईञ्चार्जको जिम्मेवारी दिईएको छ । पोखरेल पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हुन् ।

यस्तै अर्का नेता ईश्वरी रिजालले पार्टी स्कुल विभाग सचिवको जिम्मेवारी प्राप्त गरेका छन् । उनले प्रधानमन्त्री प्रमुख रहेको महत्वपुर्ण विभागको सचिवको जिम्मेवारी पाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारीमा समेत छन् । माधव खेमामा रहेका एमाले केन्द्रीय नेता पशुपति चौलागाईलाई भने हाल केही जिम्मेवारी दिईएको छैन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update