
चरिकोट – कोरोना संक्रमण दर पुन बढिरहेका बेला दोलखामै परीक्षणको व्यवस्था मिलाईने भएको छ । कोरोना संक्रमण भए नभएको परीक्षण गर्न सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा पीसीआर मेसिन जडान गरिएको छ । अस्पतालका अधिकारीहरुले जानकारी दिए अनुसार केही दिनभित्रै पीसीआर परीक्षणको काम सुरु गर्ने तयारी छ ।
अस्पताल संचालक समितिका अध्यक्ष समेत रहेका भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसिले पीसीआर मेसिनसहितको प्रयोगशाखा छिट्टै उद्घाटन गरी संचालनमा ल्याईने जानकारी दिए । उनका अनुसार प्रदेश र संघीय सरकारले अनुमति दिएपछि परीक्षणको काम सुरु हुनेछ ।
जिल्लाबाट प्रत्यक्ष निर्वाचित संघ र प्रदेशसभाका ३ जना सांसदहरुले छुट्याएको १ करोड ५० लाख रुपैयाँ अनुदान सहयोगमा जिल्लामै पीसीआर परीक्षणको व्यवस्था मिलाउन लागिएको हो ।
जिल्लाका प्रतिनिधिसभा सांसद पार्वत गुरुङ, प्रदेशसभा सांसदहरु पशुपति चौलागाई र विशाल खड्काले स्थानीय र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रm अन्तर्गत डेढ लाख बजेट विनियोजन गरेका हुन् । यसअघि जिल्लामा संकलन भएको स्वाब परीक्षणका लागि धुलिखेल वा शुक्रराज टपिकल अस्पताल टेकु पठाउने गरिएको थियो ।