Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राष्ट्रिय युवा संघ दोलखाले काठमाण्डौंबाट थाल्यो संगठन सदृढिकरण अभियान

काठमाण्डौं - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दोलखाले काठमाण्डौंबाट संगठन सुदृढिकरण अभियान सुरु गरेको छ । दोलखा जिल्ला स्थायी घर भई काठमाडौमा बसोबास गर्ने युवाहरुको शनिवार वृहत भेला आयोजना गरी युवा संघले संगठन सदृढिकरण तथा विस्तार अभियान सुरु गरेको हो ।

उक्त भेलाले २५१ सदस्यीय दोलखा काठमाडौ अन्तर जिल्ला कमिटी समेत गठन गरेको छ । जसको संयोजकमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ निवासी सुशील खड्का र सहसंयोजकमा सञ्जय केसी चयन भएका छन् ।

काठमाडौको जडिबुटी स्थिति रोयल ब्याङ्केटमा सम्पन्न भेलालाई सम्बोधन गर्दै नेताहरुले जस्तोसुकै चुनौती सामना गर्नसक्ने सदृढ र शसक्त संगठन निर्माणमा केन्द्रित हुन निर्देशन दिए ।

राष्ट्रिय युवा संघ नेपाल, दोलखाका अध्यक्ष धिरज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई पार्टी केन्द्रीय सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत, संघका केन्द्रीय अध्यक्ष बचन सिंह, सह अध्यक्ष किरण पौडेल, उपाध्यक्ष उर्मिला सनुवार, सचिव महाराज गुरुङ, एमाले जिल्ला कमिटी दोलखाका सचिव नर बहादुर श्रेष्ठ, भीमेश्वर नगर प्रमुख भरत केसी, नेपाल खेलकुद महासंघका केन्द्रिय कोषाध्यक्ष विदुर शर्मा तथा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य अभिषेक सुवेदी लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।

कार्यक्रमलाई दोलखा स्थायी घर भई काठमाण्डौंमा बिभिन्न पेशा व्यवसायमा आबद्ध झण्डै ७ सय युवाहरुको सहभागि भएको आयोजकको दावी छ ।राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव महाराज गुरुङले काठमाण्डौं हुँदै अब जिल्लाको तल्लो तहसम्म युवा संघको संगठन बिस्तार र सदृढिकरणको अभियान संचालन गर्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update