दोलखामा फेरी देखिन थाल्यो कोरोना संक्रमण

चरिकोट - दोलखामा फेरी कोरोना संक्रमित फेला पर्न थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा स्वाब संकलन गरिएको एक जना २२ वर्षिय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको हो ।
उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला धुलिखेल पठाईएकोमा रिपोर्ट पोजेटिभ देखिएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य संयोजक श्याम बहादुर खड्काले जानकारी दिए । उनलाई होम आईसोलेसनमा राखिएको छ । देशभर कोरोना संक्रमण दर बढिरहेका बेला दोलखा पुनः संक्रमित फेला परेका हुन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८ १६:१६
प्रतिक्रिया दिनुहोस्