दोलखाकी कोरोना संक्रमित युवतीको मृत्यु

चरिकोट - दोलखाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ६, की संक्रमित महिलाको मृत्यु भएको हो । अन्दाजी २५ वर्षिय युवतीको काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी बिस्केट जात्रा हेर्न भक्तपुरु स्थित माईतीघर गएको बेला संक्रमण भएको आशंका गरिएको छ । माईतीबाट घर फर्किएपछि उनलाई उच्च ज्वरो लगायतका लक्षण देखिएको थियो ।
त्यसपछि सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालमा भर्ना गरिएको थियो । जिल्लाबाट रिफर गरिएकी उनको भक्तपुर स्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८ १२:१८
प्रतिक्रिया दिनुहोस्