
चरिकोट - दोलखामा आईतवार दुई जना कोरोना संक्रमित थपिएका छन् । जिरी नगरपालिका वडा नम्बर ५ र तामाकोसी गाउँपालिका वडा नम्बर ३ का एक एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा जिरी नगरपालिकाकी महिला र तामाकोसी गाउँपालिकाका पुरुष हुन् । तामाकोसी गाउँपालिकाका पुरुष यसअघि संक्रमित व्यक्तिको सम्पर्कमा पुगेको पाईएपछि उनीसँगै ३ जनाको स्वाव संकलन गरी पीसीआर पेरीक्षणका ला िपठाईएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दुबै जना संक्रमितहरुमा कोरोनाको केही लक्षणहरु समेत देखिएको छ । हालसम्म जिल्लामा कोरोनाको दोस्रो लहर अन्तर्गत संक्रमितको संख्या १५ पुगेको छ ।
यसैबीच कोरोनाको जोखिम बढेपछि जिरी नगरपालिकाले अत्यावश्यक बाहेकका सवै सेवा बन्द गरेको जनाएको छ । जिरी नगरपालिका र मातहतमा वडा कार्यालयहरुले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु वन्द गरिएको सूचित गरेका छन् । जिरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।