Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपालमा हालसम्मकै सर्बाधिक संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौँ - नेपालमा हालसम्मकै सर्बाधिक संक्रमित थपिएका छन् । आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट आइतबार ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

२४ घण्टामा १६ सय १२ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण २५ लाख ४४ हजार ७६ पुगेको छ । आइसोलेसनमा ४८ हजार ७ सय ११ र क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update