Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गौरीशंकर संरक्षण क्षेत्रको नवनियुक्त प्रमुख लामाले सम्हाले जिम्मेवारी

सिंगटी - गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको प्रमुखमा नरेन्द्र लामा नियुक्त भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले हालै एक्यापको प्रमुखमा नियुक्त गरेपछि उनले आयोजनाको कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हालेका हुन् ।

लामा यसअघि गोरखा जिल्ला स्थित मनास्लु संरक्षण क्षेत्र आयोजना प्रमुखको जिम्मेवारीमा थिए । उनी विगत २६ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतका विभिन्न तहमा काम गर्दै आएका छन् । जिक्याप प्रमुखको कार्यभार सम्हाल्दै उनले संरक्षण क्षेत्रमा विगत लामो समयदेखि काम गरेको अनुभव गौरीशंकर संरक्षण क्षेत्र आयोजनामा प्रयोग गर्ने बताए । उनले यसअघि अन्नपुर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र पोखरा स्थित कार्यालयमा पर्यटन अधिकृतको रुपमा काम गरेका थिए ।

“मेरो विगतको अनुभव र रुची प्रकृतिमा आधारित पर्यटन विकास गर्ने हो, गौरीशंकरमा पनि पर्यटकिय स्रोत, प्रकृतिमा आधारित पर्यटन विकास गर्ने जनताहरुको आयआर्जन बृद्धिको कार्यक्रम प्राथमिकता राखेर अघि बढ्छु, उनले भने ।

लामासँगै संरक्षण अधिकृत तुलसी दाहाल र कार्यक्रम सहायक रामशरण भट्टलाई खादा र टिका लगाई कार्यालयमा स्वागत गरियो । यसअघि आयोजना प्रमुखको रुपमा रहेका सत्यनारायण शाहको सरुवापछि उक्त जिम्मेवारी लामालाई दिईएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update