सांसद चौलागाई सहित दोलखाका थप ३ जनालाई कोरोना संक्रमण

चरिकोट – नेकपा एमाले नेता एवं वाग्मती प्रदेशसभा सांसद पशुपति चौलागाईलाई कोरोना संक्रमण भएको छ । नेता चौलागाईलाई मंगलवार कोरोना संक्रमण पुष्टि भएको हो । उनले सामाजिक संजालमार्फत आफुलाई कोरोना संक्रमण भएको र घरमै आराम गरिरहेको जानकारी दिएका छन् ।
यसैबीच दोलखामा मंगलवार २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । तामाकोसी गाउँपालिकाका दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । योसँगै दोलखामा कोरोना सक्रिय संक्रमितको संख्या २७ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ १७:२१
प्रतिक्रिया दिनुहोस्