Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, दश दिन निषेधाज्ञा जारी

चरिकोट – दोलखामा कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिँदै गएपछि बुधवार रातीदेखि निषेधाज्ञा जारी गरिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बुधवार मध्येरातीदेखि १० दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

संक्रमण फैलिन नदिन आगामी जेठ १ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो । पछिल्लो समय जिरी नगरपालिकामा १६, तामाकोशी र विगु गाउँपालिकामा एक /एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा संक्रमितको संख्या ४५ पुगेको छ । कोरोना संक्रमित एकजना युवतीको मृत्यु भैसकेको छ ।

जिरी अस्पतालबाट ३६ जनाको स्वाब संकलन गरी पठाइएकोमा जिल्ला समन्वय समिति दोलखाकी उपप्रमुख मनमाया जिरेल सहित १६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update