Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चरिकोट अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालनमा, ३ घण्टामै रिपोर्ट

चरिकोट – दोलखा सदरमुकाम चरिकोट स्थित अस्पतालमा पीसीआर परीक्षण प्रयोगशाला संचालनमा ल्याईएको छ । प्रयोगशालाको बुधवार जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डे र भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले उद्घाटन गरे ।

प्रयोगशाला शुभारम्भ गर्दै जिसस प्रमुख पाण्डले अब जिल्लामै प्रयोगशाला संचालनमा आएकाले परीक्षणको दायरा बढ्ने बताए । अस्पतालका चिकित्सकहरुका अनुसार उक्त ल्याबबाट अब तीन घण्टामै पीसीआर रिपोर्ट आउनेछ ।

ल्याबमा एक लटमा एक सय जनाको स्वाब परीक्षण गर्न सकिन्छ । प्रयोगशालामा वाग्मती प्रदेशबाट झिकाईएका माईक्रो वायोलोजिष्टसहितको दक्षा जनशक्ति खटाईएको छ । ल्याबमा स्वेच्छिक परीक्षण गराउँदा न्यूनतम शुल्क लाग्ने भीमेश्वर स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लाबाट प्रत्यक्ष निर्वाचित संघ र प्रदेशसभाका ३ जना सांसदहरुले छुट्याएको १ करोड ५० लाख रुपैयाँ अनुदान सहयोगमा जिल्लामै पीसीआर प्रयोगशाला स्थापना गरिएको हो ।

जिल्लाका प्रतिनिधिसभा सांसद पार्वत गुरुङ, प्रदेशसभा सांसदहरु पशुपति चौलागाई र विशाल खड्काले स्थानीय र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रm अन्तर्गत डेढ लाख बजेट विनियोजन गरेका हुन् । यसअघि जिल्लामा संकलन भएको स्वाब परीक्षणका लागि धुलिखेल वा शुक्रराज टपिकल अस्पताल टेकु पठाउने गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update