Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा थप ११ जना शिक्षक र कर्मचारीलाई कोरोना संक्रमण

चरिकोट - दोलखामा फेरी ११ जना कोरोना संक्रमित थपिएका छन् । शैलुङ गाउँपालिकाबाट पठाईएको स्वाबमध्ये ११ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

४६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धुलिखेल अस्पताल पठाईएको थियो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा ३ जना कर्मचारी र अन्य स्वास्थ्यकर्मी तथा शिक्षक रहेका छन् । योसँग दोलखा जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५६ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update