दोलखामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

चरिकोट - दोलखामा बिहिवार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शैलुङ गाउँपालिकामा ११ र भीमेश्वर नगरपालिकामा ५ जनामा संक्रमण देखिएको हो ।
शैलुङ गाउँपालिकाबाट पठाईएको स्वाबमध्ये ११ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा ३ जना कर्मचारी र अन्य स्वास्थ्यकर्मी तथा शिक्षक रहेका छन् ।
यसैगरी भीमेश्वर नगरपालिकाको १६ जनाको स्बाव परीक्षण गरिएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा वडा नम्बर ५ का १ जना, वडा नम्बर ६ का ३ जना र वडा नम्बर ८ का एक जना रहेका छन् । योसँगै दोलखा जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ६१ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८ ११:०२
प्रतिक्रिया दिनुहोस्