Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भीमेश्वर मन्दिरको शिलामा आयो पसिना

चरिकोट – साक्षात भविष्य सूचकको लिईने दोलखा स्थित प्रसिद्ध भीमेवर मन्दिरको शिलामा शनिवार झण्डै डेढ घण्टा पसिना आएको छ । मन्दिर पुजा तथा गुठि व्यवस्थापन समितिका सदस्यहरुका अनुसार मध्यान्ह १२ बजेर १५ मिनेट जाँदा सुरु भएको पसिना आउने क्रम १ बजेर ३० मिनेटसम्म जारी रह्यो ।

यो पटक सुरुमा भीमसेनको शिलाको दायाँपट्टी र पछि बीचभागबाट पसिना आएको हो । शिलाको दायाँतर्फबाट पासिना आउँदा सर्वसाधरणले क्षति व्यहोर्नुपर्ने र बिचभागबाट आउँदा राज्यले क्षति व्यहोर्नुपर्ने कथन छ । भीमसेनको शिलामा पसिना आउनुलाई विगतदेखिनै मुलुकमा अनिष्ट वा ठुलो परिवर्तन हुने संकेतका रुपमा विस्वास गरिँदै आएको छ ।

शिलामा पसिना आएपछि दर्शनार्थीहरु मन्दिर परिसर भेला भएका थिए । शिलाको पसिना पुछिएको कपास दर्शनार्थीहरुलाई दिने गरिन्छ । अनिष्ट नहोस् भन्ने कामना गर्दै स्थानीयले बजा बजाउँदै शिलालाई चम्मरले हम्किने गर्दछन् ।

यसैबीच शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालय पठाईने भएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति कार्यालयलाई जानकारी गराईसकेको छ । महाप्रसादको रुपमा राष्ट्रपतिलाई आईतवारनै पठाईने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु मन्दिर पुगी भीमेश्वर मन्दिर पुगेका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update