Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोनाको दोस्रो लहर :  चरिकोट अस्पतालमा एक पुरुषको मृत्यु

चरिकोट - कोरोनाको दोस्रो लहर बढिरहेका बेला दोलखामा एक जनाको मृत्यु भएको छ । सदरमुकाम स्थित चरिकोट अस्पतालमा एक जना संक्रमित परूषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ का ५५ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि हितों चरिकोट अस्पताल बर्ना गरिएको थियो। उनमा हिजोनै कोरोना पुष्टि भएको हो । हिजो कोरोना पुष्टि भएका ती पुरुषको आज उपचारका क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । करिब १० दिन अघि काठमाण्डौंबाट घर फर्किएका उनलाई कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो।

उनको शवलाई सेनाले व्यवस्थापन गर्दै सदगद गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update