
चरिकोट – दोलखाको तामाकोशी गाउँपालिकाले कोरोना पुष्टि भएका बिरामीहरुका लागि घरघरमै औषधि उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । गाउँकार्यपालिकाको बैठकले पालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।
गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले कोभिड–१९ पुष्टि भएर होम आईसोलेसनमा बसेका बिरामीका लागि घरघरमै पुर्याउनेगरी सेवा प्रवाह गर्न स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीहरुलाई जिम्मेवारी दिईएको जानकारी दिए ।
उनका अनुसा अस्पतालले दिने औषधि विरामीको घरघरमै पुर्याउनेगरी स्वास्थ्य संस्थाहरुको काम गर्नेछन् । तामाकोसी गाउँपालिकामा कोरोनाको दोस्रो लहर सुरु भएपछि हालसम्म २० जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
जसमध्ये जसमा १२ जना महिा र ८ जना महिला रहेका छन् । उनीहरुमध्ये १ जना अस्पतालको आईसोलेसनमा छन् भने बाँकी सबै होम आईसोलेसनमा रहेका छन् । तामाकोसी गाउँपालिकाले यसअघि आफ्ना नागरिकको बिमा गर्ने निर्णय पनि गरेको थियो ।