Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लोकप्रिय नेता चौलागाई रहेनन्, निष्ठाको राजनीतिमा बित्यो चार दशक

काठमाण्डौं - कोरोना संक्रमणपछि अस्पतालमा उपचार गराईरहेका नेकपा एमालेका केन्द्रीय नेता एवम् बागमती प्रदेशसभाका सांसद पशुपति चौंलागाईको निधन भएको छ ।

चौलागाईको मंगलवार राती काठमाण्डौंको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । एकहप्ता अघि कोरोना संक्रमण पुष्टि भएपछि चौलागाई अस्पताल भर्ना भएका थिए । उनलाई काठमाण्डौंमा रहँदै कोरोना संक्रमण भएको थियो ।

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रे स्थायी घर भएका चौलागाई पुराना लोकप्रिय नेता थिए । उनले ईमान्दार, बैचारिक, आदर्श र निष्ठावान नेताको पहिचान बनाएका थिए ।

यस्तो छ, उनको राजनीतिक पुष्ठभूमी
सामान्य परिवारमा सघर्ष गदै दोलखाको काब्रे— ४ दोलखामा बुबा चन्द्रप्रसाद चौलागाई र आमा भक्तमाया चौलागाईको कोखबाट २०२० साल फागुण ५ गते जन्मिएका हुन् ।

विएडसम्म अध्ययन गरेका चौलागाई २०३७ सालमा संगठित सदस्य भई पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । चौँलागाई २०३७ सालदेखि जिल्ला कमिटी सदस्य हुदै सचिव, अञ्चल कमिटी सदस्य, बाग्मती अञ्चल सचिव, वैकल्पिक केन्द्रिय कमिटी बाग्मती अञ्चल समन्वय समितीका इन्चार्ज, बाग्मती अञ्चल समन्वय कमिटीको इन्चार्ज भएका थिए ।

२ वटा क्याम्पसमा स्ववियु सभापति हुदै पार्टीको जनसंगठनमा विभिन्न जिम्मेवारी निर्वाह गरे । संविधानसभा तथा व्यवस्थापिका संसद सदस्य, व्यवस्थापिका संसद लेखा समिती सदस्य, संविधान तथा संविधान अभिलेख अध्ययन तथा निक्यौल समिती सदस्य, अन्तरिक व्यवस्थापिका संसद सदस्य भए ।

राजनितिक जीवनको सुरुवातमै उहाँ २०३६ सालदेखी २०६३ सालसम्म १७ पटक गिरफतारीमा परेका थिए भने २०४५ मा उनलाई राजकाज मुद्दा लागेको थियो । चौलागाई २०७० सालको निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थिए ।

बैचारिक, कुशल नेतृत्व, विकास र समृद्धीको सही खाका र स्पष्ट दृष्टिकोण बोकेका नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत भैसकेका चौंलागाई वाग्मती प्रदेसभामा दोलखा २ नम्बर क्षेत्रबाट निर्वाचित सांसाद थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update