
काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शोक विज्ञप्ती जारी गर्दै स्वर्गिय नेता पशुपति चौलागाई प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । चौलागाईको निधनबाट पार्टीले असल र निष्ठावान नेतालाई गुमाउनु परेको प्रधानमन्त्रीको शोक वक्तव्यमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले शोक वक्तव्य जारी गर्दै एमाले केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभाका सदस्य चौलागाईको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले चौलागाईले संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यका रूपमा समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताएका छन् ।
एमाले नेता चौलागाईको मंगलवार साँझ मनमोहन अस्पतालमा कोरोना संक्रमणका कारण निधन भएको थियो ।
यसैबीच एमाले बरिष्ठ नेता माधव कुमार नेपालले पनि शोक वक्तव्य जारी गर्दै निष्ठावान नेता गुमाएको बताएका छन् । दोलखा जिल्लाले असल अविभावक, पार्टीले निष्ठावान योद्धा र युवा जगतले प्रेरणादायी व्यक्तित्व गुमाएको उनको विज्ञप्तीमा उल्लेख छ ।