
काठमाडौं - नेकपा एमालेले पार्टीका नेता एवं वाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधनमा तीन दिनसम्म आधा झण्डा झुकाउने भएको छ । त्यसका लागि एमाले केन्द्रीय कार्यालयले मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।
एमाले वाग्मती प्रदेशका अध्यक्ष एवं केन्द्रीय सदस्य आनन्द प्रसाद पोखरेलले केन्द्रीय कार्यालय सहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिन आधा झण्डा झुकाउने र शोक पुस्तिका राखिने जानकारी दिए ।
एमाले केन्द्रीय कार्यालयमा स्वर्गीय चौलागाईको फोटोमा माल्यार्पण गरी नेताहरुले अन्तिम श्रद्धान्जली दिएका छन् । कार्यालयमा शोक पुस्तिका राखिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।
चौलागाईको अन्तिम श्रद्धान्जलीमा वागमती प्रदेश इन्चार्ज एबम् गृहमन्त्री रामवहादुर थापा बादल,सहइन्चार्ज कृष्णगोपाल श्रेष्ठ,शेरवहादुर तामाङ,सन्चारमन्त्री पार्वत गुरुङ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल लगायतका नेता पार्टी कार्यालयमा जम्मा भएका थिए ।
यसअघि मनमोहन अस्पतालमा अमृत बोहोराले पार्टीको झण्डा र सन्चारमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । चौलागाईको बुधवार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।