Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सबै सेवा स्थगित गर्न सहकारीहरुलाई विभागको निर्देशन

काठमाडौं - सहकारी विभागले सवै नियमित सेवा स्थगित गर्न सहकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ । विभागले निषेधाज्ञाका बीच पनि सेवा सन्चालन गरिरहेका सहकारी संघ, संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवाहरु तत्काल स्थगित गर्न आग्रह गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहर तिव्र हुँदै गएपछि विभागले अवस्था सहज नभए सम्मका लागि यस्तो निर्देशन दिएको जनाएको छ ।

विभागले बुधबार जारी गरेको सूचनामा मुलुकभरीका सहकारी संघ संस्थालाई ‘अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्र अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनसँगको पूर्ण समन्वयमा सञ्चालन गर्न’ र बाँकी सेवाहरु बन्द गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update