Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा बेदीङका तीन दिदीबहिनी सगरमाथाको शिखरमा, नयाँ विश्व रेकर्डको लक्ष्य

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका स्थित एकै परिवारका तीन दिदीबहिनीले बुधवार सगरमाथाको आरोहण गर्न सफल भएका छन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बेदीङको थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीले सगरमाथा आरोहण सफलतापुर्वक सम्पन्न गरेको हो ।

उक्त टोलीमा एकाघरका दिदीबहिनीहरु ३० वर्षिया निमा जाङ्बु शेर्पा, २६ वर्षिया छिरिङ नाम्गे शेर्पा र २४ वर्षिया दावा फुटी शेर्पाले (बुधवार) आज विहान करिव ७ बजेको समयमा सगरमाथाको शिखर चुम्न सफल भएका हुन् । उनीहरुले तीन वर्षभित्र सात वटै महादेशका उच्च हिमालहरुको आरोहण गरेर नयाँ विश्व किर्तिमान राख्ने लक्ष्य लिएका छन् । जसअन्तर्गत उनीहरु बुधवार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनीहरुलाई संचारमन्त्री पार्वत गुरुङले गत बैशाख २ गते मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा हस्तन्तारण गर्दै बिदाइ गरेका थिए । उनीहरुले सगरमाथाको सफल आरोहण गरेपछि मन्त्री गुरुङले बधाई दिएका छन् ।

गौरीशंकर गाउँपालिका स्थित बेदीङकै पेम्वा दोर्जे शेर्पाले आज २१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । पेम्बाले बुधवार बिहान ७ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाउँ’ भन्ने सन्देशका साथ २१ औं पटक सगरमाथा चढेको ड्रिमर्स डिष्टिनेशन ट्रेक एण्ड एक्सपेडिसनले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update