Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको विगु गाउँपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु

चरिकोट - दोलखाको विगु गाउँपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विगु गाउँपालिका वडा नम्बर ४ ताइलाङका एक पुरुषको मृत्यु भएको हो । उनी होम आईसोलेसनमा थिए । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनको पिसिआर परिक्षण गरिएको थियो ।

चरिकोट अस्पतालमा स्वाव दिएर होम आइसोलेसनमा वसेको केहि दिनपछि उनको मृत्यु भएको हो । उनको बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

उनको पीसीआर रिपोर्ट मृत्यु पछि आएको हो । ती पुरुषको शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update