Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

चरिकोट – दोलखाको बैतेश्वर गाउँपालिकामा एक जना कर्मचारीको कोरोना संक्रमणपछि मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका वडा नम्बर ५ की एक महिला रहेकी छिन् । उनी बैतेश्वर अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिईन् ।

गत वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएकी उनको शुक्रवार मृत्यु भएको हो । वैशाख २८ गतेदेखि उनलाई अस्पतालको आईसोलेसनमा राखेर उपचार गरिँदै थियो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि सदरमुकाम चरिकोट अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखाले पुष्टि गरेको छ । मृतक महिलासँगै कोरोना संक्रमणबाट दोलखामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update