Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रेस चौतारी दोलखाद्धारा संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण

चरीकोट - प्रेस चौतारी नेपाल दोलखाले जिल्लामा क्रियाशिल संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । कोरोना संक्रमण दर तिब्र गतिमा फैलिरहेको समयमा पनि जोखिम मोलेर रिर्पोटिङमा सक्रिय पत्रकारहरुलाई चौतारीले माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य समाग्री वितरण गरेको हो ।

प्रेस चौतारी दोलखाका संयोजक प्रभु जिरेलले प्रत्येक पत्रकार र संचार गृहलाई ५० प्रति मास्क र सेनिटाइजर वितरण गरिएको जानकारी दिए । जिल्लामा पछिल्लो समय कोरोनाको जोखिम बढेको बेला संचारकर्मीहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुगोस् भन्ने उदेश्यले संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको उनले बताए ।

संचार तथा सुचना प्रविधी मन्त्रालयका संचार विज्ञ राजेन्द्र मानन्धरले ३० जना पत्रकारलाई सेनिटाइजर र मास्क, सदरमुकाम चरिकोटका व्यवसायी राजु केसीले केही थान मास्क र सेनिटाइजर प्रेस चौतारीलाई उपलव्ध गराएका थिए ।

प्रेस चौतारी दोलखाले विभिन्न व्यक्ति तथा संस्थाहरुको समन्वयमा पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै अन्य सहयोग गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update